राजनीति

कांग्रेस नेता केसिको दाबीः लोकतन्त्र लुटतन्त्रमा परिणत हुँदै गयो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री  अर्जुननरसिंह केसिले लोकतन्त्र लुटतन्त्रमा परिणत हुँदै गएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत नेता केसिले सञ्चारमन्त्रीको ७० करोड प्रकरणतिर ईंगित गर्दै सरकारको विश्वसनीयता कानूनी प्रक्रियाले नै स्थापित गर्नुपर्नेमा जोड दिएका छन् ।

नेता केसिले सेक्युरिटी प्रिन्टिङ प्रेस घोटालामा सञ्चारमन्त्रीले राजिनामा मात्रै दिएर नहुनै भन्दै अख्तियार, संसदीय समितिले छानबिनगरी यसमा संलग्नहरुको यर्थाथता जनता समक्ष ल्याउन जरुरी रहेको बताएका छन् ।

उनको ट्वीटः सेक्युरिटी प्रिन्टिङ प्रेस घोटाला प्रकरणमा सं । मन्त्रीको राजीनामा मात्रले हुदैन । अक्तियार,संसदीयसमिति ले छानबिनगरी यसमा संलग्नहरु को को हुन ? यथार्थता जनसमक्ष प्रस्तुत गर्नु जरुरी छ । लोकतन्त्र लुटतन्त्र (kleptocracy) मा परिणत हुँदैछ,सरकारको विश्वसनीयता कानूनी प्रक्रियाले नै स्थापित गरोस ।