समाचार

काठमाडौं उपत्यका सहित मुलुकभर हल्का वर्षाको सम्भावना, हिमपात नि हुनेः मौसमवीद

काठमाडौं । केहि दिनदेखी काठमाडौं उपत्यका लगाएत मुलुकैभरको मौसम वदली भईरहेको छ । खुलेर घाम लागेको छैन भने हल्का वादल संगै तुँवालो पनि देखिएको छ । यस्तै फेरी पनि वर्षाको सम्भावना रहेको मौसमवीदले बताएका छन् ।

नेपालका पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव देखीको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पश्चिमी भेगका धेरै पूर्वी भु–भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पश्चिमी भेगका धेरै पूर्वी भू–भागका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गकाअनुसार पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा र पुर्वी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।

आज काठमाडौं उपत्यकामासहित देशका विभिन्न स्थानमा हल्का वर्षा हुने उनले बताए । पश्चिमबाट मौसम सक्रिय भएकाले पश्चिमका केही स्थानमा अहिले पनि हल्का वर्षा भइरहेको छ। उनले भने, आज दिउँसो (राति वर्षा हुन्छ, भोलीबाट विस्तारै मौसम सफा हुँदै जानेछ।

शुक्रबार बिहान ६ बजे निकालेको बुलेटिनमा राति देशभर आशिकदेखि सामान्य बदली रहने उल्लेख छ। पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा भनिएको छ, देशका पश्चिमी भेगका धेरै र मध्य तथा पूर्वी भू–भागका केही स्थानहरुमा शु्क्रबार मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन अनुरोध छ।

शनिबार देशभर आँशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भू–भागका थोरै स्थानहरु र पश्चिमी पहाडका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ। आइतबारबाट मौसम सफा रहने छ।