सामाजिक सञ्जाल

संग्रौलाको प्रश्नः प्रवक्ता नै ७० करोडमा परेपछि ओली सरकारमा घुष नाखाने चाहिँ को ?

काठमाडौं । लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले सञ्चारमन्त्रीको ७० करोड प्रकरणमा व्यंग्य गरेका छन् ।

सामाजिक सञ्जालमा ट्वीटमार्फत साहित्यकार संग्रौलाले ओलीका विश्वासका पात्र मानियका व्यक्ति बाँस्कोटाले समेत ७० करोड भ्रष्टचार गरेको भन्दै सरकारमा भ्रष्टचार नर्गने  चाँहि को भन्दै प्रश्न गरेका छन् ।

साथै उनले सरकारका विश्वासका पात्रले समेत भ्रष्टचार गर्दा आफ्नो सरलाई पनि त छुट्याएको होला भनेका छन् ।

हिजो मात्रै सञ्चारमन्त्रीको सेक्युरीटि प्रेस खरिदमा बार्गेनिङ गरेको अडियो सार्वजनीक भएपछि बास्कोटाले पदबाट राजिनामा दिएका छन् । 

उनको ट्वीटः मन्त्री र प्रवक्ता गोकुल बासकोटा मति, गति, स्वभाव, शैली, अभिव्यक्ति हर दृष्टिले प्रम ओलीका अर्धाङ्गतुल्य विश्वासपात्र हुन् । यी महान् मनुष्यले समेत झ्याप्पै सत्तरी करोड खान खोजेको प्रमाण फेला पय्रो भनेसि ओली सरकारमा नखानेचाहिँ को होला  ? खाने आफ्नाले सरलाई पनि त भाग लगाउला !