राजनीति

७० करोड भ्रष्टाचारमा बाँस्कोटा मात्र होइन, प्रधानमन्त्री ओली पनि संलग्न हुन सक्छन्: गगन थापा

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रकरणमा स्वीस कम्पनीसँग गोकुल  बाँस्कोटाले गरेको एक अडियो सार्वजनिक भएपछि नेपाली राजनीतिकलाई तरंगित बनाएका छन् । बाँस्कोटाले उक्त कम्पनीसँग कमिसन मागेको अडियो सार्वजनिक भएसँगै मन्त्री पदवाट समेत राजीनामा दिएका छन् । यस प्रकरणमा प्रतिपक्ष दल कांग्रेसले पनि राजीनामा मागेका थिए ।

यस प्रकरणमा कांग्रेसका युवा नेता गगन थापाले बाँस्कोटाको राजीनामाले मात्रै नहुने बताएका छन् । उनले संसदभवन बाहिर सेक्युरिटी प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको संलग्नता छैन भन्ने कुरा पुष्टि नहुने बेलासम्म देश आश्वस्त नुहने बताएका छन् । आज सार्वजनिक भएको अडियो प्रधानमन्त्रीले एक महिना अगाडि नै सुन्नुभएको कुरा बाहिर आएको बताए । युवा नेता थापाले भने, ‘अडियो सुनेपछि प्रधानमन्त्रीले गोकुल बाँस्कोटा एकातिर अरु सबै एकातिर राख्दा पनि पुग्दैन भनेर दिएको अभिव्यक्ति के हो ?’ थापाले प्रधानमन्त्रीले दिएका टिप्पणीहरुका आधारमा प्रधानमन्त्रीको अभिभावकत्व, प्रधानमन्त्रीको संरक्षकत्वमा यी कुराहरु भइरहेका थिए वा प्रधानमन्त्रीलाई जानकारी थिएन भन्दै ? प्रश्न गरे ।