मनोरञ्जन

‘लाहुरे’मा राज र रिचाको रोमान्स

काठमाडौं । करिव दर्जन फिल्ममा नायकको भुमिका निर्वाह गरेका अभिनेता राज क्षितित गायकको रुपमा पनि देखिएका छन् । ‘लाहुरे’ बोलको लोकगीत मार्फत उनी गायकको रुपमा देखिएका हुन् । गीतमा राजलाई गायिका ज्योती मगरले साथ दिएकी छन् ।

बिहिबार बागबजारस्थित हेल्लो क्याफेमा आयोजित एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको छ । कार्यक्रममा लोकप्रिय गायक नवराज घोरासैनी, कलाकार उत्तम केसी, चलचित्र निर्देशक मदन घिमिरे लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा गीतको भिडियो समेत देखाइएको थियो । भिडियोमा गायक राजको अलवा रिचा थापा, बुद्ध श्रेष्ठ, भुपाल कार्की, प्रज्ञासी थापा, सृजना मैनाली, सुरेश राय यादव, अस्मिता कार्की र बालकलाकार आयान पौडेल र उत्कृष्ट सोनाम लगायतको अभिनय रहेको छ । गायक राजकै शब्द रहेको गीतमा लय नविन रावलको रहेको छ ।

विदेशमा रहेको श्रीमान् छोडेर अर्काे केटासँग मोजमस्ती गर्ने केटीको कथा बुनेको भिडियाले समाज युवापुस्तामाझ छाएको विकृती र बिसंगतीमा पनि तिखो प्रहार गरेको छ । भिडियोमा सागर गौतमको छायाँकन, प्रेम शर्मा पौडेलको सम्पादन रहेको छ । गीतको भिडियो उत्तम वाइवा लामाले निर्देशन गरेका हुन् ।

[youtube https://www.youtube.com/watch?v=6w1j_MUuzrA]