समाचार

भारतमा बस दुर्घटनामा परि तिर्थयात्रा गएका ६ नेपालि मृत्यु

काठमाडौं । तीर्थयात्राका लागी भारत गएका नेपालीको बस दुर्घटनामा परि ६ जनाको मृत्यु भएको छ सलेम बेंगल१८रु नेसनल हाइवेमा बिहिवार बिहान नेपाली तीर्थयात्री चडेको मिनिबस दुर्घटना हुदा ६ जनाको मृत्यु भएको र १८ जना घाइतृ भएको भारतीय सञ्चार मध्य द हिन्दुले जनाएको छ ।

प्रहरीका अनुसार बेंगलरुतर्फ जादै गरेको बस केहीबेर श्रिामकालागी एउटा मन्दिर नजिकै बस रोकेर बसेका थिए । र मध्यरातमा उक्त बसले युर्टन लिनलाग्दा राजमार्गमा अर्को बसले ठक्कर दिदा सो दुर्घटना हुन गएको हो । प्रहरीका अनुसार मृत्यु हनेमा २ जना महिला रहेको र ४जना पररुष हेको जनाएको छ । जसमा ५६ वर्षका गोपाल तामाङ, ६० वर्षका विष्णु दाहाल, ४६ वर्षका वीरबहहादुर राई, ५० वर्षका टीकाराम र ५० वर्षकी बेलुकारी चौधरीको नाम खुलेको छ । सलेमका प्रहरी उपरीक्षक एस दीपा गनिगरसहित प्रहरी अधिकारी घटनास्थल पुगेका छन् । प्रहरीले दुबै बसका चालकलाई नियन्त्रणमा लिएको छ ।

दुर्घटना भएको गाडीमा रहेका एक तीर्थयात्री अमरनाथ चौधरीका अनुसार उनीहरु नेपालको सुनसरी जिल्लाबाट गएका हुन् । टोलीमा ३४ जना थिए । फेब्रुअरी ६ अर्थात माघ २३ गते भारततर्फ गएका उनीहरु ३५ दिनको तीर्थयात्रामा थिए ।