सामाजिक सञ्जाल

रवि लामिछाने आक्रोशितः मन्त्री बास्कोटा भ्रष्ट हुन्, तत्काल कार्यकक्षबाटै पक्राउ गरी कारबाही गर्नुपर्छ

काठमाडौं । पत्रकार रवि लामिछानेले सञ्चारमन्त्री बास्कोटालाई तत्काल कार्यकक्षकबाटै पक्राउ गरी कारबाही गर्न माग गरेका छन् । उनले फेसबुकमा स्टाटस् लेख्दै, ‘यि भ्रष्ट हुन्। प्रष्ट थियो, छ र रहिरहन्छ। प्रधानमन्त्रीका सबै भन्दा नजिकका मानिस मध्ये एक गोकुल बाँसकोटा। गोकुल जी माथि छानबिन होईन के गरि बचाउने भन्ने छलफल चलेको देखिदैछ।’ भनेका छन् ।

लामिछानेले ‘प्रमाण लुकाउन सक्ने हैसियत भएका आरोपित मन्त्रीले तुरुन्त राजिनामा दिनुपर्छ र अबिलम्ब छानबिन शुरु हुनुपर्छ। राजीनामा नदिए ‘कार्यकक्ष’ बाटै पक्राउ गरिनु पर्छ।’ भनेका छन्

उनको स्टाटस्ः यि भ्रष्ट हुन्। प्रष्ट थियो, छ र रहिरहन्छ। प्रधानमन्त्रीका सबै भन्दा नजिकका मानिस मध्ये एक गोकुल बाँसकोटा। गोकुल जी माथि छानबिन होईन के गरि बचाउने भन्ने छलफल चलेको देखिदैछ। बिरामी प्रधानमन्त्रीलाई भजाएर आफ्नो धन्दा चलाउने अन्य नजिकका पात्रहरुको कर्तुतपनि हेर्दै जाउ, ३ वर्ष बाँकी छ। कुरौ…
नोटः प्रमाण लुकाउन सक्ने हैसियत भएका आरोपित मन्त्रीले तुरुन्त राजिनामा दिनुपर्छ र अबिलम्ब छानबिन शुरु हुनुपर्छ। राजीनामा नदिए ‘कार्यकक्ष’ बाटै पक्राउ गरिनु पर्छ।