राजनीति

नेकपाका नेताले नै भने भ्रष्ट मन्त्री बाँस्कोटालाई कार्बाही गर्नुपर्छ

काठमाडौं । सरकारका प्रवक्ता एवम सञ्चारमन्त्री गोकुल बाँसकोटाको अडियो प्रकरण बाहिरिए पश्चात नेकपा भित्रका नेताहरु द्वारा राजीनामाको माग गरेका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेसकालागी स्विस एजेन्टसंग भएको कुराकानिमा सञ्चारमन्त्री बाँसकोटाले कमिसनबारे कुराकानि गरेको अडियो सार्वजनिक भएसंगै मन्त्री बाँसकोटाको राजीनामाको विकल्प नरहेको भन्दै राजीनामाको माग गरेका हुन् ।

यसै सिलसिलामा आजविहान नेकपा अध्यक्ष द्वोय कोपि शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बिच बालुुवाटारमा भेटबार्ता समेत भएको थियो । छलफलमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री बास्कोटाको राजीनामाको विकल्प नरहेको धारणा व्यक्त गरेका छन् ।

मन्त्रीबास्कोटाको अडियो क्लिप परिक्षण हुन समय लाग्न सक्ने भन्दै नेकपाका एक नेताले मन्त्री बास्कोटाले राजीनामा दिएर छानविनका लागी सघाउनु पर्ने र यसकालागी प्रधानमन्त्रीको आदेशसमेत कुर्नु नपर्ने बताएका छन् नेकपाका अर्का समिमि सदस्य हरीबमेल गजुरेलले मन्त्री बाँस्कोटामाथि सरकारले छानविन गर्नुपर्ने र विबादित अडियोक्लिप अनुसार साँचो हो या होइन भनी मन्त्री सँग स्पष्टीकरण लिनुपर्ने बताएका छन् । यस अघि मन्त्री बास्कोटाको राजीनामाका लागी प्रतिपक्ष दल नेपालि कांग्रेस लगाएत विभिन्न पाटिका नेताहरुले राजिनामाको माग गरेका छन्