बाग्मती

भ्रमण वर्षलाई लक्षित गरी भरतपुर-लुम्बिनी कारर्‍याली हुँदै

visit nepal 2020 bhaktapur mela

चितवन । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै भरतपुर महानगरपालिकाले कार ¥याली आयोजना गर्ने भएको छ । महानगरको पर्यटन प्रवद्र्धन गर्ने ध्येयले यही फागुन १० गते ‘भरतपुर–लुम्बिनी कार ¥याली’ आयोजना हुन लागेको बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

‘चितवन घुम्न जाउँ ’भन्ने सन्देश दिन ¥याली आयोजना गर्न लागिएको महानगर प्रमुख रेनु दाहालले बताए । बुटवल र भरतपुर नगरको पर्यटन प्रवद्र्धन गर्न कार्यक्रम प्रभावकारी हुने प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले बताए । ¥यालीमा १५० कार सहभागी हुने अपेक्षा गरिएको छ । पर्यटकीय गन्तव्य प्रचार गर्न खोजिएको पर्यटन विकास समिति चितवनका महासचिव विश्व सुवेदीले जानकारी दिए । भरतपुर महानगरभित्र २९ वटा मुख्य पर्यटकीय गन्तव्य पहिचान गरिएको छ । मेघौली, पटिहानी, बीसहजारी ताल, देवघाटधाम, ज्ञानेश्वरब्लक, नारायणी नदीबीच मोडेल तथा चौकीडाँडा महानगरको प्रमुख सात केन्द्र रहेका छन् ।

सङ्घीय सरकारको १०० गन्तव्यमा सूचीकृत बीसहजारी ताल, पटिहानी तथा वाग्मती प्रदेश सरकारको १० पर्यटकीय गन्तव्यमध्ये सूचीकृत मेघौली पनि महानगरभित्रै पर्दछ । महानगरले पर्यटन प्रवद्र्धका लागि चालु आर्थिक वर्षमा ३२ वटा क्रियाकलाप गर्ने योजना बनाएकामध्ये हालसम्म १० वटा कार्यक्रम सम्पन्न भइसकेका छन् । भ्रमण वर्षलाई लक्षित गर्दै महानगरभित्र रहेका पर्यटकीय होटलमा विशेष छुटको कार्यक्रमसमेत शुरु गरिएको छ ।