बाग्मती

ओली-दहालबिच भेटबार्ताः सञ्चारमन्त्री बाँस्कोटाको अडियोक्लिपबारे छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भेटवार्ता भऐको छ । ।बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता भएको हो ।

भेटमा सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको विवादास्पद अडिओ प्रकरणबारे समेत छलफल भएको स्रोतले जनाएको छ । ।

मन्त्री बाँस्कोटाले एक स्वीस कम्पनीसँग ७० देखि ७५ करोड रुपैयाँ कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन आफूलाई दिन बार्गेनिङ गर्दै गरेको अडिओ टेप सार्वजनिक भएको छ।