राजनीति

७० करोड कमिशन मागेका संचारमन्त्री बास्कोटालाई तत्काल बर्खास्त गरी अनुसंधान गर्न काँग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले ओली सरकारका प्रवक्ता तथा सुचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाको तत्काल बर्खास्तगी गरी अनुसंधान गर्न माग गरेको छ । प्रवक्ता शर्माले एक विज्ञप्ती जारी गर्दै आज ७० करोड घुष मागिएको समाचार छ्याप्छ्याप्ती भएपछि मन्त्री बास्कोटा बिरुद्ध काँग्रेसले आक्रमक रुपमा प्रश्तुत भएको हो ।

प्रवक्ता शर्माले निश्पक्ष छानविन गर्न माग गर्दै काँग्रेसले लगाएका सरकार बिरुद्धका आरोपहरु बिस्तारै प्रमाणित हुँदै गईरहेको दाबी समेत गरेका छन् । आजमात्र संचारमन्त्री बास्कोटाले ७० करोड कमिशन मागेको अडियो सार्बजनिक भएको छ । अडियोका बिषयमा सर्बसाधारण तथा बुद्धीजिवीमा ठुलै कोलाहल मच्चिएको छ । सरकारको बिरोध गर्नेहरुको जमात यस घटनाबाट धेरै नै बढेको देखिन्छ ।