पु.समाचार

मन्त्री बास्कोटाको ७० करोड कमिशनको समाचार नछापिएको भन्दै नयाँपत्रिकाका पत्रकार ढुंगानाले दिए राजीनामा, लिए सन्यास !

काठमाडौं । पत्रकार पुष्प ढुंगानाले संञ्चारमन्त्री गोकुाल बास्कोटाको ७० करोड घुष काण्डको समाचार लेख्न नपाएको भन्दै पत्रकारीता पेशाबाटै बिदा भएको बताएका छन् । धेरै राष्ट्रियस्तरका पत्रिकामा काम गरेर अनुभव बटुलिसकेका पत्रकार ढुंगानाले आफ्नो पत्रकारिता गर्दाको नमिठो अनुभव भन्दै अडियो पेश हुँदासम्म समाचार बनाउन नसकिएकोमा दुःख ब्यक्त गर्दै पत्रकारीता पेशाबाटै सन्यास लिएको बताएका छन् ।

कान्तिपुर टेलिभिजनमा काम गर्दाखेरीको प्रखर पत्रकार ढुंगानाको तस्विर/सामाजिक संजालबाट

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै खरदारले सय रूपैया घुस खाएको समाचार लेखेर मन्त्रीको अनियमितता लुकाउन सकिँदैन । त्यसकारण पत्रकारिताको यात्रामा ब्रेक लगाएको छु, भन्दै पत्रकारिताबाट सन्यास लिएका छन् ।

उनले कान्तिपुर टेलिभिजन, अनलाईनखबर हुँदै नयापत्रिकामा कार्यरत हुँदैगर्दा उनले राजीनामा दिएका हुन् । उनले आजैको मितिबाट राजनीनामा दिएका छन् । एकातिर समाचार छाप्ने, नछाप्ने अधिकार सम्पादकमा निहित रहने प्रचलन भएपनि नेपालका मिडियाहरुमा मिडिया मालिकको देखिने बिषयमा बहस भईरहेको छ भने अर्कातिर मिडिया मालिक कोसंग प्रभाबित भएर काम गर्छ भन्ने नेपाली पत्रकारिता इतिहासमा प्रष्ट छैन । त्यसैको शिकार राम्रो अध्ययन गरेर ईमान्दारीता र निष्ठाकासाथ पत्रकारिता गर्ने पत्रकारहरु पर्नेगरेका छन् । पत्रकार ढुंगाना पनि त्यहीभित्र परेको देखिएको छ । पत्रकारितामा राजनीतिकरण भएका कारण पत्रकारिता भन्दा नेपालमा पार्टीकारिता भएको आरोपको खण्डन नेपाली पत्रकारिता जनतले गर्न सकेको छैन ।

उनको स्टाट्सः मेरो पत्रकारितामा निकै नमिठो अनुभव, मन्त्रीको कमिशन अडियो पेश हुँदासम्म समाचार बनाउन सकिएन । ग्लानी यो अर्थमा कि मैले कसका लागि पत्रकारिता गर्दैछु ? खरदारले सय रूपैया घुस खाएको समाचार लेखेर मन्त्रीको अनियमितता लुकाउन सकिँदैन । त्यसकारण पत्रकारिताको यात्रामा ब्रेक लगाएको छु ।