पु.समाचार

एक्लो जिवन कसरी फाईदा जनक ?

काठमाडौं । विश्वमा केहि समय देखी मान्छेहरु एक्लो सिङगल जिवन मा धेरै रमाउन थालेका छन् । हरकोहि व्यक्ति कुनै सम्बन्धमा नरहि स्वतन्त्र रहेर आफ्नो जिवनलाई फरक तरिकाले बिताउन चाहेको देख्न सक्छौं । रहर भनौं या वाध्यता परिवारदेखी छुट्टीर,अलग्गीएर एकै बस्नेहरुको सङख्या वढ्दो छ । जस्का कारणहरुपनि धेरै छन् ।

आजभोली मान्छेहरु कसैको पनि दबाब मा ओ अर्डरमा चल्न चाहँदैन । आफुले चाहेको या आफ्नो उद्येस्य पुरा गर्नलाई कसैको हस्तक्षेप नहोस भन्ने चाहना केटा–केटी सबैमा हुन थालेको छ । श्रीमाण श्रीमती होस् या लामो समयदेखी प्रेममा रहेका प्रेमि, प्रेमीको सम्बन्ध लामोसमय सम्म रहन सक्दैन जो व्यक्ति जिवनमा धेरै तर्कि कमाउने रहर राख्दछ । अन्त्यमा दुबैको सल्लाह बमोजिम एकअर्काेबाट अलगहुने सहमतीमा पुग्दछन् ।
इस्तै आजभोली सकभर विहे नर्गनु र यदी गरिहाले पनि विभिन्न कारण श्रीमान– श्रीमतिमा मनमुटावका कारण एक्लै बस्नु बिकसित मुलुकहरु अमेरीका, बेलायत, क्यानडामा मात्रै नभई पछिल्लो समय विकासोन्मुख मुलुकहरुमा पनि वढ्न थालेको सेन्सन ब्युरोले जानकारी दिएको छ । एक अर्कालाई बुझ्न नसकेर श्रीमान–श्रिमत डिर्भास लिएर छुट्टै बस्नेको सङख्या दैनिक बढ्दो छ ।

कारण दुबैजना शिक्षीत हुने हुँदा एकले अर्काेको थोरै दबाब पनि सहन नसक्ने हुँदा त्यो सम्बन्धबाट मुक्त हुन चाहन्छन् र अन्तयमा डिभोर्स गर्ने सहमती गर्दछन् । साथै यसरी हेर्दा एक्लपनको भावनासंग विबाह वा सम्वन्ध जोडिएको त हुन्छ नै । जब मानिसले आफुलाई एक्लो महशुस गर्न थाल्दछ त उस्लाई केटा होस् या केटि होस् एउटा साथिको महशुस हुनु स्वभाविकै हो ।

जस्को फलरुवरुप कि त बिबाहमा बाधिन्छ वा प्रेममा वस्न रुचाउनु स्वभाविककै हो । तर हालै एउटा रिसर्चका अनुसार अधिक मानिसहरुले सिङगल जीवनलाई वैवाहिक सम्बन्धमा बाँधिनु अगाडिको यात्रा नभएर खुसीको गन्तव्यका रुपमा लिएका छन् । जेरुसेलस्थित हेब्र युनिभर्सिटीका प्रोफेसर डाक्टर किसलेभले सिंगल हुनेहरुले आफ्नो अलगै परिभाषा दिलाउन मद्धत गर्ने गरेको पत्ता लगाएका छन् जस्लाई हामिले एक्लो महसुस गर्नु नर्पेने र सामाजिक रुपमा आफुलाई असफल पनि ठान्न नपर्ने बताएका छन् ।

उनका अनुसार एक्लो हुनु दुखको बाटो नभएर वास्तवमा धेरै फाईदाहरु रहेका छन् । यसकालागि सिंगल जिवन विताउने मान्छेहरु कसरी खुसि भईरहेको छ भन्ने विषयमा अध्ययन तथा अन्र्तवार्ता लिएका थिए । उनका अनुसार आजको युगमा अधिकांस व्यक्तिले आफ्नो जिवनलाई सिंगल बिताउन चाहन्छ र बिताईरहेको पनि छ ।

यसकारण पनि एक्लो जिवन बिताउनेहरु दुखी छन् वा उनिहरुलाई सबैला साथ दिन छाडेका छन् भन्ने बुझन् गलत हो । अध्ययनमा जापान, ईटली र स्वीडेनमा पनि सिंगल जीवनमा धेरै नै बृद्धि आएको छ । किसलेभका अनुसार सिङ्गलहरुमा एक्लोपनाको धावनालाई सशक्तिकरण र हर्षमा परिणत गर्ने क्षेमता हुन्छ । यसरी एक्लोपनाबाट आफुलाई बाहिर निस्किन पहिले यसको मुख्य कारण पहिचान गर्नुपर्ने उनको भनाई छ ।

मनोविद्का अनुसार पनि एक्लोपनको भावना वास्तवमा एक्लो नभई एक्लो भएजस्तो भावना विकास गर्नुका कारण हुन्छन् र यसअधिका थुप्रै अनुसन्धानहरुले पनि विवाहित मानिसहरु सिंङगल जक्तिकै एक्लो र दुःखी हुने गरेको देखाएको छ ।

यस कारण सिङगल मान्छे खुसी हुन्छनः

किसलेभले अध्ययन गरेको डाटा अमेरिकी तथ्याङ्क ब्यूरो र युरोपियन सोसल सर्भेबाट लिइएको थियो । यसमा उनले तीसवटा भन्दा धेरै देशमा सम्बन्धका ट्रेन्डहरुबारे अनुसन्धान गरेका हुन् र १४० जनाको अन्तर्वार्ता पनि लिएका थिए । यसमा तीस देखि ७८ वर्षका महिला पुरुष र सबै पृष्ठभूमि अनि सामाजिक आर्थिक स्तरका व्यक्तिहरु समावेश गरिएको थियो । त्यसबीच उनले खुसी सिङ्गल र दुःखी सिङ्गलहरु बीचको भिन्नता पनि पत्ता लगाएका हुन् ।

उनका अनुसार दुःखी सिङ्गलहरु आफूले कहिल्यै सहि जीवनसाथी नपाएकामा खुसी थिएनन् र उनीहरुमा एक्लै बूढो हुनुपर्ने डर हुन्छ । अर्कोतर्फ सुखी सिङ्गलहरु चाहिँ स्वतन्त्र रुपमा आफ्नो जीवनको जिम्मा आफूले मात्र लिनेप्रति सन्तुष्ट थिए भने उनीहरु जीवनको एक्लो यात्रा नै मज्जा मानिरहेका थिए । यसमा भ्रमणमा जाने, नयाँ रुचीप्रति लगाव राख्ने गर्नु र एक्लै बिताउने समयलाई आफूमा केन्द्रित गराइ उनीहरु प्रभावकारी जीवनतर्फ लगिरहेका हुन्छन् ।

त्यस्तै किसलेभले अन्तर्वार्ता लिएका कतिपय चाहिँ परिवार, छरछिमेक र साथीहरुसँग निकट सम्बन्ध राखेर खुसी हुने गरेको पनि उनले पाए । यसमा अविवाहित वा डिर्भोस भइसकेकाहरुले सम्बन्धमा रहनेहरुको तुलनामा ४५ प्रतिशत धेरै साथीहरुसँग भेटघाट गर्ने र सम्पर्कमा रहने गरेको पनि उनी बताउँछन् ।

त्यसैगरी सबैमा सिङ्गलहरुमा आत्मविश्वासको कमी हुन्छ भन्ने धारणा पनि व्याप्त छ । तर यसमा वैवाहिक जीवन राम्ररी चलिरहेको वा प्रेम सम्बन्धमा रहेको एक वर्ष बितिसकेकामा मात्र त्यस्तो हुने २०१७ को एक अध्ययनले देखाएको छ । जस्तै कतिपय मानिसहरु आफ्ना लागि पार्टनर खोजिरहेका हुन्छन् तर कतै फेला नपार्नुले उनीहरुलाई एक्लो महसुस गराउनेदेखि आत्मविश्वास घटाउने र डिप्रेसन समेत हुने गरेको छ ।

तर अर्कोतर्फ खुसी सिङ्गलहरुले भने लगनशील भएर काम गरि आफ्नो करिअरको लक्ष्य पूरा गरि त्यसैबाट सन्तुष्ट र खुसी रहने गरेको किसलेभ बताउँछन् । आफ्नो क्षमताको पूर्ण उपयोग गर्नुले पनि मानिसलाई जीवनमा सबैभन्दा ठूलो सन्तुष्टि र खुसी दिलाउने विभिन्न अध्ययनहरुले देखाएका छन् ।

यसमा खुसी सिङ्गलहरुले आफ्नो एक्लो जीवनलाई व्यक्तिगत विकासको अवसर ठान्ने गरेको अध्ययनमा उल्लेख छ । त्यसैले सिङ्गल हुनुले मान्छेलाई नयाँ साथी बनाउने, आफूलाई मनपर्ने काम गर्ने, आफ्नो भित्री इच्छा राम्ररी जान्ने, भ्रमणमा गइ नयाँ ठाउँहरु पत्ता लगाउने मौका दिइरहेको हुन्छ । – सीएनएन