राजनीति

शङ्कर भण्डारीको दाबीः काँग्रेस अग्र पङ्क्तिमा रहेकै कारण सबै परिवर्तन सम्भव भयो

दमौली । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले हरेक परिवर्तनको आन्दोलनको अग्र नेतृत्व नेपाली काँग्रेसले गरेको दाबी गरेका छन् । तनहुँको ऋषिङ गाउँपालिका–८ को नवनिर्मित वडा कार्यालय भवनको  उद्घाटन गर्दै उनले काँग्रेस अग्र पङ्क्तिमा रहेकै कारण सबै परिवर्तन सम्भव भएको हो भने ।

केन्द्रीय सदस्य भण्डारीले भने,“ १०४ वर्षे राणाशासनको अन्त्य, २०४६ सालको आन्दोलन, ६२÷६३ को जनआन्दोलन, तत्काली नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने र नयाँ संविधान जारी गर्ने कामको नेतृत्व काँग्रेसले गरेको हो ।

”कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, संविधानसभा सदस्य झुलबहादुर आले, जिल्ला समन्वय समितिका सदस्य निलबहादुर थापा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेललगायतले जनताको भावना बुझेर जनप्रतिनिधिले काम गर्नुपर्नेमा जोड दिएका छन् ।

रु ४० लाखको लागतमा वडा कार्यालयको भवन निर्माण सम्पन्न भएको वडाध्यक्ष भविसरा आलेले जानकारी दिएका छन् । आफ्नै वडा कार्यालय भवन भएपछि जनतालाई सेवा प्रवाह गर्न सहज हुने उनले बताए । पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको यहाँको व्यास नगरपालिका–५ स्थित मानहुँकोट जाने बाटो डेढ महिना बन्द हुने भएको छ ।

मानहुँकोट नजिकै रहेको पहरामा ढलान गर्न बाटो बन्द गर्न लागिएको हो । सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीअन्तर्गत निर्माण भइरहेको उक्त सडकको करिब ४०० मिटर भाग आरसिसी गर्नका लागि सडक बन्द गर्न लागिएको निर्माण कम्पनी रानीवन कन्स्ट्रक्शनका सञ्चालक केशव ढुङ्गानाले जानकारी दिएका छन् ।

सडक बन्द हुनेबारे व्यास नगरपालिकाको कार्यालयलाई जानकारी गराइएको र उक्त जानकारीको बोधार्थ वडा नं ५ को कार्यालय, जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई पनि दिइएको छ । सङ्घीय सरकारको बजेटमार्फत् मानहुँकोट जाने बाटो कालोपत्रेका लागि करिब पाँच किलोमिटर नाला निर्माण सम्पन्न भइसकेको छ ।

पाँच किलोमिटर सडक कालोपत्रेका लागि ग्राभेल गर्ने कामलाई समेत अगाडि बढाउन लागिएको उनले बताए । चालु आर्थिक वर्षभित्रै कालोपत्रे सम्पन्न गरिसक्ने लक्ष्य छ । सोही वडाको चापाघाटदेखि अलैचेसम्मको डेढ किमि सडक पहिल्यै कालोपत्रे भइसकेको छ । व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले मानहुँकोटसम्म कालोपत्रे सडक भएपछि पर्यटकको सङ्ख्या थप वृद्धि हुने जानकारी दिएका छन् ।

अहिले पनि मानहुँकोटमा दैनिक दुई÷तीन सय आन्तरिक पर्यटक पुग्ने गरेका छन् । मानहुँकोटबाट आँखै अगाडि पाँच वटा हिमालको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । मानहुँकोटबाट धौलागिरि, माछापुच्छरे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिने भएकाले यस ठाउँ पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको छ ।

मानहुँकोटबाट दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युत्को ड्याम निर्माणस्थल एवं मनोरम दृश्य देख्न सकिन्छ । मानहुँडाँडा आफैँमा एउटा दृश्यावलोकन स्तम्भ ९भ्युटावर० हो । यहाँबाट दमौली बजारका साथै आसपासका ठाउँहरु प्रष्ट देख्न सकिन्छ । मानहुँडाँडाबाट दृश्यावलोकनका लागि आउने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै व्यास नगरपालिकाले डाँडाको छेउमा रेलिङ निर्माण गरेको छ । नगरपालिकाको रु २५ लाख र वडा कार्यालयको रु पाँच लाखको लागतमा रेलिङ निर्माण गरिएको छ ।