स्वास्थ्य

खालीपेट मन तातोपानी खाँदा यस्तो फाईदा हेर्नुहोस् !

काठमाडौं । पानी हाम्रो शरिरको लागी मात्रै नभई हाम्रो दैनिक जिवनका लागि नभई नहुने तरल पर्दाथ हो । हाम्रो भान्छादेखी लिएर हरेक कुरामा अतिआवस्यक हो पानी । र यस्को सेवन पनि हाम्रो स्वास्थ्यको लागि धेरै नै फाईदा जनक छ । पानी खानु हाम्रो स्वास्थ्यका लागि राम्रो हुन्छ । भनिन्छ केहि प्रतिशत रोगहरु त पानीले नै कटाउँ छ । तर के तपाई लाई थाहा छ तातो पानी बिहान खाली पेट खाँदा कस्तो फाईदा गर्छ ।

प्राय जसो मानिसले दिनको सुरुवात बिहानमा कित चिया, कफि खाएर गर्दछन् । तर यदी बिहान खाली पेट तातो पाली खायो भने हाम्रो शरिरलाई निकै फाईदा गर्ने चिकित्सहरु बताउछन् ।

बिहान प्राय मान्छेहरु ढिलागरी उठ्ने र त्यसमा पनि चिया कफि स्वास्थ्यकालागि विष झैं हुन्छ यो कुरा बुझ्न पनि जरुरी छ । लामो समयसम्म सुत्ने, कसरत, व्यायाम नगर्ने र अमिल्दो खानेकुराले हामी मृत्युलाई बोलाईरहेका छौं ।

यो बेला मा आफ्नो जिवनशैली बदल्न सके स्वास्थ्यलाई फाईदा हुनेछ । उमेर र आफ्नो तौल अनुसार दैनिक औषत ३ लिटर पानी पिउन जरुरी छ । बिहान उठेलगत्तै पानीबाट सुरुवात गर्नुहोस् स्वस्थ बन्नुहुने छ ।

यस्तै विभिन्न अध्ययन तथा अनुसन्धानले तातोपानी खाँदा यस्तो फाईदाजनक हुने देखाउँ छः

  1. पाचन प्रणालीमा सुधार ।
  2.  दैनिक बिहान उठ्ने वित्तिकै मन तातो पानी पिउँदा छालालाई स्वस्थ बनाउछ 
  3.   अनुहारमा दाग, डन्डीफोर र चाया सम्बन्धी समस्या हराउँछ । 
  4. मनतातो पानीले कपालको जरा बलियो र मझबुत बनाउँछ, कपाल सुन्दर र लामो बनाउँछ ।
  5. मनतातो पानीले पेटका अनावश्यक विकार र उत्तेजित पदार्थ बाहिर निकाल्न सहयोग गर्छ । शरिरको गतिविधि स्वस्थ बनाउँछ ।
  6. नियमित मनतातो पानी खाँदा पेटको विकार बाहिर आउने हुँदा पेटमा संक्रमण र दुखाईको सम्भावना न्यून हुन्छ ।
  7. नियमित मनतातो पानी खाँदा पेट सफा गरिदिन्छ, कब्जियतको समस्या हट्छ ।
  8.   दैनिक खाली पेट मनतातो पानी खाँदा शरिरको फ्याट पगालिदिन्छ जसका कारण तौल घटाउन सहयोगी मानिन्छ ।
  9. मनतातो पानी पिउँदा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ, चिसो खोकी जस्ता संक्रमणबाट बचाउछ ।
  10.  नियमित मनतातो पानी पिउँदा शरिरमा एसिडिटी अर्थात ग्यासट्रिकको सम्भावना कम हुन्छ ।