पु.समाचार

जोरपाटी बस्ने सिन्धुपाल्चौकका जागलाल गुण्डागर्दीमाको आरोपमा पक्राउ

काठमाडौं । गुण्डागर्दीमा संलग्न रहेको अभियोगमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–३ घर भई काठमाडौँ जोरपाटी बस्ने ३७ वर्षीय पासलाल तामाङलाई प्रहरीले आज पक्राउ गरेको छ । उनीसहितका व्यक्तिले बलेफी हाईड्रोपावरमा काम गर्ने ठेकदारलाई हातहतियार देखाइ ज्यान मार्ने, हातखुट्टा भाँचिदिने धम्की दिएर त्रास फैलाएको र महिलालाई अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ ।

खोजीका क्रममा महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले उनलाई काठमाडौँको जडीबुटीबाट पक्राउ गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । यसअघि तामाङ कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा करिब १८ महिना जेल भुक्तान भई छुटेको र सिन्धुपाल्चोक जिल्लामा ज्यान मार्ने उद्योग संलग्न रही फरार रहेको अनुसन्धानबाट खुल्न आएको उनले बताए ।

तामाङलाई अभद्र व्यबहार सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान र कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँं पठाइएको महाशाखाले जनाएको छ ।