सामाजिक सञ्जाल

शहीद दिवशले जनभावना विपरीत कही दर्जन नेताको जीबनमा मात्र परिवर्तनः नेता गुरुङ

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले शहीद दिवशले केही दर्जन नेताहरुको जीवन बदलेकामात्र देखिएको भन्दै प्रजातनत्र दिवशलाई सम्झेका छन् । उनले निरङ्कुश राणा शासनको अन्त्य गरि नेपाललाई नयाँ युगमा प्रवेश गराएको दिन प्रजातन्त्र दिवशभएको यसैको जगमा उभिएर गणतन्त्रसम्म आइपुगेको र पटक–पटक व्यबस्था बदल्यौं तर भ्रष्ट प्रबृत्ति कहिल्यै बदल्न नसकेको भन्दै भावनात्मक रुपमा राजनीतिक नेतृत्वको आलोचना गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेको स्टाटस्ः निरङ्कुश राणा शासनको अन्त्य गरि नेपाललाई नयाँ युगमा प्रवेश गराएको दिन प्रजातन्त्र दिवश। यसैको जगमा उभिएर गणतन्त्रसम्म आइपुग्यौं। पटक–पटक व्यबस्था बदल्यौं तर भ्रष्ट प्रबृत्ति कहिल्यै बदल्न सकेनौं। शहीदको वलिदान केहि दर्जन नेताहरुको जीवन बदल्नका लागि मात्रै होइन। चेत कहिले खुल्ने ?