आर्थिक

बैंक अफ काठमाण्डूको २५ औँ बर्षः भगवान कोईरालालाई एक करोड प्रदान

काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्नो २५ औँ वर्ष पूरा गरेको उपलक्ष्यमा फाल्गुण ७ गते नेपाल राष्ट्र बैंककागर्भनर चिरन्जिवी नेपालले लोगो सार्वजनिक गरी बैंकलाई २५औं वर्षसम्म नेपालको बैंकिङ्ग क्षेत्रमा पु¥याएको योगदानको लागि धन्यवाद सहित आगामी दिनमा बैंकको उत्तरोत्तर प्रगतिकालागि शुभकामना ब्यक्त गरेका छन् ।

संचालक समिति, ब्यवस्थापन समिति र सञ्चारकर्मीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठले सबैलाई धन्यबाद दिएका थिए ।

बैंकले रजत उत्सवको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत काठमान्डू इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आइसीयु कक्षनिर्माणगर्न एक करोड सहयोग गर्ने घोषणा गरेको छ । कार्यक्रमका प्रमुख अतिथि गर्भनर चिरञ्जीवी नेपालले उक्त रकमको चेक उक्त संस्थाका संस्थापक एवं अध्यक्ष प्रोफेसर डा. श्री भगवान कोइरालालाई हस्तान्तरण गरेका छन् ।

सोसाइटी अफ इकोनोमिक जोर्नलिस्ट (सेजोन) नेपाललाई आर्थिक पत्रकारीताको क्षेत्रमा महिला पत्रकारहरुको समावेशिता बढाउन र उनीहरुको क्षमता अभिवृद्घि गर्न चाहिने तालीम प्रदानगर्न पाँच लाख सहयोग घोषणा चेक हस्तान्तरण गरेको छ ।
बैंकका प्रमुखकार्यकारी अधिकृत शोभन देवपन्तले कार्यक्रममा प्रमुख आतिथ्यताको लागि नेपाल राष्ट्र बैंकका गर्भनर चिरन्जिवी नेपाल तथा कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिवर्गहरुलाई धन्यबाद दिँदै सबैका कारण बंक अफ काठमाडौं २५ बर्षसम्म सफलतापूर्बक यहाँसम्म अँएको बताए ।

बैंक अफ काठमाण्डू लिमिटेडको हाल १० एक्टेन्सन काउन्टर सहित देशभर ८७शाखा र ७८ एटीएम रहेका छन् ।
आर्थिक वर्ष २०७६÷७७ को दोश्रो त्रैमासिकको अन्त्यको वित्तीयविवरण अनुसार यस बैंकले गतआ. व. को दोश्रो त्रैमासको तुलनामाखुदमुनाफामा २०% ले वृद्धि गरी रु ८८ करोड ३८लाखकमाउन सफलभएको छ । साथै यस अवधिमा बैंकको निक्षेप र कर्जामा अघिल्लो वर्षको तुलनामाक्रमशः७.८४% र ९.१४% ले वृद्धि भई क्रमशः रु.९०.११अर्ब तथा रु.८२.४९अर्ब पु¥याउन सफलभएको छ ।