बाग्मती

दमाईलाई आफ्नै श्रीमान परियारले मारेर लेले जंगलमा यसरी छाडेका थिए

जावलाखेल । असोज ४ गते अन्दाजी ४० बर्षकी खगेश्वरा दमाईको नग्न शव भेटिएपछि प्रहरीले गरेको अनुसंधानमा हत्या भएको पुष्टी भएको छ । हत्या गरेको आसंशाका खगेश्वराका श्रीमान गिरबहादुर परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

२१ माघका कृषि फर्ममा काम खोज्दै गएको स्थानीयको भनाईलाई मान्दै सनाखत गर्ने प्रहरीले कोही भेटेन । परियारले मारेको पुष्टी भएपनि किन र कसरी मार्यो भन्ने पत्ता नलागेको र आरोपीत परियार सुर्खेतमा पक्राउ परेको ललितपुर प्रहरी प्रमुख टेकराज राईले बताएका छन् । प्रमुख राईका अनुसार उनलाई ललितपुर लयाउने प्रयास भईरहेको र त्यसपछि घटनाको सत्य तथ्य पत्ता लाग्ने छ ।

आफ्नै श्रीमतीलाई परियारले मारेर छाडेको अनुसंधानबाट खुलेको छ। लेलेको जंगलमा मृत अवस्थामा भेटिएकी उनको शरिरमा नील डाम समेत थिए ।