समाचार

कर्तव्य ज्यान मुद्धामा फरार कामेश्वर पटेल प्रहरी नियन्त्रणमा  !

काठमाडौं । कर्तव्य ज्यान मुद्धामा फरार तत्कालिन तराई जनतान्त्रिक मुक्ति मोर्चाका ईन्चार्ज अभय भनिने कामेश्वर पटेल कुर्मी पक्राउ परेका छन् । रौतहटमा प्रहरीले गोली प्रहार गरी परार ओरोपीत पटेललाई नियन्त्रणमा लिएको हो ।

धन्सार जंगलसैया जाने बाटोमा चार राउण्ड गोली प्रहार गरि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । कर्तव्य ज्यान मुद्धा लगायतका दर्जनौ अपराधमा संलग्न पटेल वर्षाैंदेखी फरार रहेका थिए ।

कुर्मिको साथबाट प्रहरीले नलकटुवा पेस्तोल एक थान र पाँच राउण्ड गोली बरामद गरेको छ । बारा प्रहरीले नियन्त्रणमा लिन खोज्दा पटेल भागेपछी रौतहट प्रहरीको एम्बुसमा परेर पक्राउ परेका हुन् ।

प्रहरी देख्नासाथ पटेलले फायर खोलेकोले उनलाई पक्राउ गर्न प्रहरीले चार राउण्ड गोली प्रहार गरेको जनाइएको छ । गोली प्रहारबाट पटेलको बायाँ गोडामा दुई राउण्ड गोली लागेको छ । उनको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ ।