सामाजिक सञ्जाल

अहंकारी, दुष्ट र असहिष्णु प्रधानमन्त्री ओलीको भविष्य छैनः खगेन्द्र संग्रौला

काठमाडौं । लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आधा कार्यकाल आलोचनाको जवाफ दिनमै बिताएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत साहित्यकार  संग्रौलाले ओली सरकारको आधा समय आफु प्रतिको आलोचनाको जवाफ दिनमै लगाएको बताउँदै सरकारको उक्त रबैयाको आलोचना गरेका हुन् ।

साथै उनले प्रधानमन्त्री ओलीलाई सरकारका गलत कार्यको बिरोध गर्दा सहन नसक्ने भन्दै अहंकारीको संज्ञा पनि दिएका छन् ।

उनले आफ्नो ट्वीटमा लेखेका छन्, ‘यति अहंकारी, असहिष्णु र दुच्छर प्रधानमन्त्री यस भूखण्डमा न भूतो न भविष्यति ।’

उनको ट्वीटः ओली सरको बाँकी कार्यकालको पनि आधा समय सरकार र आफुप्रतिका एकएक आलोचना र कटाक्षको ‘ट्याउँट्याउ’ जबाफ दिँदैमा नाश हुने भो । गाँठ्ठे ! यति अहंकारी, असहिष्णु र दुच्छर प्रधानमन्त्री यस भूखण्डमा न भूतो न भविष्यति ।