सामाजिक सञ्जाल

मन्त्री योगेशको आह्वानः कारोना भाईरस नेपालमा नभित्रिएको सन्देश विश्वभरी फैलाऔं

काठमाडौं । साँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले कोरोना भाईरसबाट नेपाल अहिलेसम्म सुरक्षित रहेको बताएका छन् । उनले फेसबुकमा स्टाटस् लेख्दै सरकारले उच्च सतर्कता अपनाउँदै भाइरसको प्रवेशमा रोक लगाउन खोजेको भन्दै यो सन्देश विश्वभरी फैलाऔं भनेका छन् । मन्त्री भट्टराईले राम्रा कुराको बिरोध किन हो ? भन्ने प्रश्न गर्दै त्यसलाई हिनताबोधको मानसिकताको संज्ञा दिएका छन् ।

स्टाटस्ः आजसम्म नेपालमा कोरोनाको कुनै बिरामी भेटिएको छैन । नेपाल आजसम्म सुरक्षित छ । हामीले उच्च सतर्कता अपनाएका छौं । मित्र राष्ट्र चीनलाई सिगो नेपालको ऐक्यबद्धता छ । यो सन्देश विश्वभरी फैलाऔ । भन्ने कुराको बिरोध किन हो ? हिनताबोधको मानसिकता !