समाचार

सर्वहितकारी प्रजातान्त्रिक धर्म निर्वाह गर्न राजनीतिक नेतृत्वसँग ज्ञानेन्द्रको आग्रह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा जारी शुभकामना सन्देश जारी गर्दै भविश्यको कोरा सपना मात्र बाँडेर समय खेर नफाल्न आग्रह गरेका छन् । पूर्वराजा शाहले आज एक प्रेस विज्ञप्ति निकाल्दै सर्वहितकारी प्रजातान्त्रिक धर्म निर्वाह गर्न राजनीतिक नेतृत्वसँग आग्रहसमेत गरेका छन् ।

उक्त प्रेस विज्ञप्तिमा लेखेका छन्, ‘प्रजातन्त्र शब्दमा होइन, कर्ममा उत्रन सक्नुपर्दछ । रुपमा होइन, सारमा झल्कनुपर्दछ । हामी देश दर्शन र वैदेशिक भ्रमणमा जब जान्छौं, त्यहाँ प्राय सुन्ने बुझ्ने गर्दछौं- नेपालको प्रजातन्त्र जनजीवनको उत्थानमा, उमंगमा र उत्साहमा सार्थक हुन सकिरहेको छैन ।’