आर्थिक

महाशिवरात्रिमा सानिमा बैंकको डिजिटल प्रसाद

काठमाडौं । सानिमा बैंक लिमिटेडल महाशिवरात्रिको उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ । बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकहरुलाई लक्षित गर्दै तीन दिनको लागि आफ्ना डेबिट कार्ड र मोबाइल बैंकिङ सेवामा जारी शुल्कन लाग्ने व्यवस्था गरेको छ ।

यो योजनाअन्तर्गत बिवाहित दम्पतीले खाता खोली डेबिट कार्ड र मोबाइल बैंकिङ आवेदन गर्दा एक जनाले डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा निःशुल्क पाउनु हुनेछ । साथै, यो योजनामा महिला ग्राहकले १०० को नेपाल टेलिकम वाएन सेलको टपअप पनि पाउनु हुनेछ ।