आर्थिक

एनआईसी बैंकको धनुषाधम शाखा समुद्घाटन

धनुषा । एनआईसी एसिया बैंकले धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ३ स्थित धनुषाधाममा नयाँ शाखा कार्यालय स्थापना गरि बैकिङ कारोबार सुरु गरेको छ । ग्रामिण तथा सहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै यस बैंकले उक्त शाखा संचालनमा ल्याएको हो ।

सोही नगरपालिकाका मेयर बालेश्वर मण्डलवाट आज एक कार्यक्रमवीच उक्त शाखाको समुद्घाटन सम्पन्न भएको हो । उक्त शाखा संचालनमा आएसँगै सो क्षेत्रका स्थानीयलाई बैकिङ सेवा प्राप्त गर्न सहज, सरल हुने विश्वास बैंकले लिएको छ ।