समाचार

शिवरात्रिको अवसरमा पशुपतिक्षेत्रमा सुरक्षाको यस्तो तयारी, ५ हजार प्रहरी परिचालन, गाँजा सेवनमा प्रतिबन्ध

काठमाडौं । शिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा गैरकानुनि क्रियाकलाप नियन्त्रण गर्न ५ हजार प्रहरी परिचालन गर्ने भएको छ । यस दिन पशुपति क्षेत्रमा भक्तजनहरुको ठुलो भिड लाग्ने भएकाले भक्तजनको सुरक्षा र गैरकानुनि क्रियाकलाप नियन्त्रणका लागी प्रहरी परिचालन गरीएको हो ।

यसका साथै सादा पोसकमा सुचना संकलक र रिजर्भफोर्स पनि तयार राखिएको महानगरीय प्रहरी आयुक्तको कार्यालय रानिपोखरीले जाएको छ । फगुनको ९ गते परेको शिवरात्रिमा देश तथा विदेशबाट भक्तजनहरु आउने र भीड हुने भएकाले चोरी लुटपाट हनसक्ने भएकाले प्रहरी सक्रिय रहेको र भक्तजनहरुलाई पुर्ण सुरक्षा प्रदान गर्ने तयारी भएको रानिपोखरीका प्रमुख डिआईजी विश्वराज पोखरेलले जानकारी दिए ।

‘‘भीडमा महिलाको गहना तथा पैसा लुट्ने गिरोह सक्रिय हुन सक्छन् । त्यसका लागि सादा पोसाकमा महिला प्रहरी परिचालन हुनेछन्,” डीआईजी पोखरेलले भने, “शान्त र भयरहित वातावरणमा मन्दिर दर्शनका लागि सुरक्षा व्यवस्था भरपर्दो पार्नेछौं ।’’

सुरक्षका लागी प्रहरीका साथै सशस्त्र प्रहरी पपनि सुरक्षामा खटीदै आएको छ । यस वर्ष शिवरात्रिमा गाँजा भाङलगायतलागुऔषध बेच्न तथा सेवन गर्न प्रतिबन्ध लगाईएको छ । कानुनविपरीतका गतिविधि गर्नेलाई नियन्त्रणमा लिएर कारबाही गरिने उनको भनाइ छ । शिवरात्रिका दिन ट्राफिक व्यवस्थापन पनि भरपर्दो बनाउने तयारी रहेको पोखरेलले बताए ।