बाग्मती

मुख्यमन्त्री पौडेल र कन्सुरल जनरल कुमार शिष्टाचार भेट

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललेसंग वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका कन्सुरल जनरल अनिकेश कुमारले शिष्टाचार भेटघाट गरे।

मुख्यमन्त्रीको कार्यकक्षमा आज उनीहरुबीच भेटघाट भएको प्रदेश सरकारका सचिवालयले जनाएको छ । सो अवसरमा मुख्यमन्त्री पौडेलले दुवै देशका जनताबीच सयौँ पुरानो प्रगाढ सम्बन्ध रहेको उल्लेख गरे ।