राजनीति

कालापानी जाने भन्दै जमिन नै नटेकी आकासमा उडेर फर्किनु मन्त्री पोख्रेलको नौटंकीः नेता पौडेल

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले उपप्रधान तथा रक्षा मन्त्री भारतीय पक्षबाट मिचिएको भनिएको दाचुर्लाको कालापानी जाने भनेर गफ दिएको भन्दै आलोचना गरेका छन् । नेविसंघका पुर्व अध्यक्ष समेत रहेका पौडेलले रक्षामन्त्री ‘निरीक्षण’ गर्न भनेर कालापानी जानुभएछ र जमिनमा समेत नटेकी काठमाडौ फर्कनुभएछ । भन्दै सरकारका जिम्मेवार मन्त्रीको आलोचना गरेका हुन् ।

सरकार मिचिएका भुभाग समेटेर नक्सासमेत सार्वजनिक गर्न नसक्ने, मन्त्रीहरु आकास फन्को मार्दै हिँड्ने ? भन्दै सरकारतर्फ प्रश्न समेत तेस्र्याएका छन् । सरकारले सस्तो लोकप्रियताको आकासे यात्रा मात्र भर्ने हो कि मन्त्रीहरुले जमिनपनि टेक्नुपर्ने हो ? भन्दै उपप्रधानमन्त्री तर्फ आक्रोश पोखेका छन् ।

उनले ट्वीटमा भनेका छन्ः रक्षामन्त्री ‘निरीक्षण’ गर्न भनेर कालापानी जानुभएछ र जमिनमा समेत नटेकी काठमाडौ फर्कनुभएछ । सरकार मिचिएका भुभाग समेटेर नक्सासमेत सार्वजनिक गर्न नसक्ने, मन्त्रीहरु आकास फन्को मार्दै हिँड्ने ! सस्तो लोकप्रियताको आकासे यात्रा मात्र भर्ने हो कि मन्त्रीहरुले जमिनपनि टेक्नुपर्ने हो ?