प्रवास

अष्ट्रेलीयामा एक नेपाली युवतीको मृत्यु

काठमाडौं । अस्ट्रेलियामा एक नेपाली युवतीको मृत्यु भएको छ । अध्ययनका लागि अष्टेलीयामा रहेकी ललितपुरकी युवतीको अष्टेलीयाको सिड्नीमा मृत्यु भएको हो ।

ललितपुर साना गाउँबाट दुई वर्ष अघि अष्टेलीया गएकी रमिला मर्हजनको ब्रेन ट्युमरको कारण मृत्यु भएको बताईएको छ । उपचारका क्रममा मृत्यु भएकी रमिला श्रमान सञ्जय महर्जन संगै थिईन ।

उनको दाहसंस्कार हिजो सोमबार नै अस्ट्रेलियामै गरिएको छ । २ वर्ष अघि उनको विवाह भएको थियो ।

ललितपुरको महालक्ष्मी नगरपालीका साना गाउँस्थित अनन्त ईङलिस स्कुलबाट एसएलसी गरी उनि बीबीएस सकेर उच्च शिक्षाका लागि अष्ट्रेलिया गएकी थिईन् ।