बाग्मती

रामेछापमा नेकपालाई लाग्यो झट्काः सिंगो गाउँ नै प्रवेश गर्यो कांग्रेसमा

रामेछाप । पछिल्लो समय वर्तमान ओली नेतृत्व नेकपाको सरकार प्रमुख प्रतिपक्षीको मात्रै नभई सत्तापक्षकै नेता कार्यकर्ताबाट पनि आलोचीत बन्दै गएको छ । ओली सरकारका आफ्नै कार्यले गर्दा आलोचित बनेको हो ।

मुलुकमा हुने विभिन्न काण्डदेखी लिएर चुनावमा गरेका प्रतिवद्धता पुरा नर्गदा ओली सरकार ओलोचित बनेको हो । सरकारले चुनावका बेला ठुला–ठुला सपना देखाएपनि पुरा नगरेको भन्दै यतिबेला सर्वत्र विरोधहरु भईरहको छ । जसका कारण नेकपा पार्टी परित्याग गर्नेको सङख्या बढ्दै गएको छ ।

पछिल्लो समय नेकपाको पार्टी त्याग्दै नेपाली कांग्रेसमा जानेको लर्को लाग्न थालेको छ । सयौंको सङख्यामा कार्यकर्ताहरु नेपाली कांग्रेका प्रवेश गर्ने गरेका छन् । नेकपा सरकारले आफुहरुलाई झुठो बोलेको, जनतालाई कुनै सहयोग नगरेको र निर्वाचनको समयमा गरेको प्रतिवद्धता पुरा नगरेको भन्दै नेकपाका कार्यकर्ता कांग्रेसमा प्रवेश गर्ने गरेका छन् ।

यसै क्रममा रामेछाप जिल्लामा पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा त्याग्नेको ओईरो लागेको छ । सत्तारुढ दल भएपनि व्यवहार अपमान जनक हुँदा पार्टी भित्रका नेता कार्यकर्तामा वितृष्णा वढदै गएपछि नेकपा पार्टी त्याग्दै कांग्रेसमा प्रवेश गर्ने गरेका छन् ।

हिजो सोमबार मात्रै अछाम जिल्लामा दर्जनौं नेकपाका कार्यकर्ता रुष्ठ हुँदै कांग्रेमा प्रवेश गरेका छन् । जिल्लाको लिखु तामाकोसी गाउँपालीका वडा नम्बर ७ का ७३ जना स्थानीयहरु नेकपा त्याग्दै कांग्रेस मा प्रवेश गरेका छन् । गाउँपालिका तील्पङुको ताप्केमा (सोमबार) हिजो आयोजित एक धार्मिक कार्यक्रमबीच उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेकपाले आफुहरुसंग गरेको बाचा पुरा नगरी आफुहरुलाई धोका दिएको भन्दै कांग्रेसमा प्रवेश गरेको बताएका छन् । साथै उनिहरुले नेकपा जस्तो झुठ कांग्रेस नबोल्ने बताएका थिए ।

कांग्रेसमा पराजय भोगेपनी नेतृत्वहरुले जिल्ला वासिकालागि धेरै राम्रो काम गरेको तर नेकपालाई जिताएर पठाउँदा पनि सिन्को नभाँचेको भन्दै नेकपा त्यागेको उनिहरुले बताएका थिए ।

साथै पार्टी प्रवेश गराउँदै कांग्रेसका सभापती लवश्री न्यौपानेले आगामी दिनहरुमा स्थानीयको माग र आवस्यकतालाई प्रमुख प्राथमीकता दिने बताएका थिए ।