समाचार

रहेनन् पुर्व सांसद तथा कांग्रेसका गुल्मी जिल्ला प्रथम सभापति ज्ञवाली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस गुल्मीको पहिलो सभापति तथा पूर्वसांसद भागवत ज्ञवालीको निधन भएको छ ।

छाती, फोक्सो र पिसासमा समस्या देखिएका सांसदको काठमाडौंमा उपचारका क्रममा ७६ वर्षको उमेरमा निधन भएको हो ।

विभिन्न रोगबाट पीडित भएपछी नेपाल र भारतका विभिन्न अस्पतालहरुमा उपचार गराईरहेका ज्ञवालीकोे आज (मंगलबार) निधन भएको पारिवारीक श्रोतले बताएको छ ।

लोकतान्त्रिक समाजवादी आन्दोलनका अगुवा समेर भएका ज्ञवालीको जन्म २००१ साल मंसिर १ गते गुल्मीको मानकोटमा भएको थियो ।

आर्दश, निष्ठा, र ईमान्दार नेताका रुपमा परिचीत उनि तानसेन बहुमुखी क्याम्पसको स्थापना गरेर २०५६ सालदेखी निरन्तर अध्यक्ष भएका ज्ञवाली लामो समयदेखि पाल्पाको तानसेनमा बस्दै आएका थिए।

२०४८ सालमा गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचीत ज्ञवाली कांग्रेस गुल्मीको पहिलो सभापती पनि हुन् । २०४८ सालको आमचुनावमा ज्ञवालीले तत्कालीन एमालेका प्रभावशाली नेता जीवराज आश्रितलाई हराएका थिए ।