समाचार

टिपरको ठक्करबाट काठमाडौंमा एकको मृत्यु

काठमाडौं । टिपरको ठक्करबाट काठमाडौंमा एकको मृत्यु भएको छ । काठमाडौंको शंकरापुर नगरपालीका बडानम्बर ६ ढोल्लामा टिपरको ठक्करबाट स्थानीय ४० वर्षीय प्रविण श्रेष्ठको मृत्यु भएको हो ।

उनलाई गएराति पौने दस बजेतिर ना १ ख ४५६४ नम्बरको टिपरले किचेको थियो । स्थानीयका अनुसार सुस्तमनस्थितका उनी सडकको पेटिमा सुतेका थिए ।

उनको उपचारको क्रममा साँखुस्थित सुष्मा मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।