अन्तर्राष्ट्रिय

सुडानको शान्ति वार्ता तीन हप्ता पछि धकेलियो

एजेन्सी । सुडानी सरकार र विद्रोही समूहको गठबन्धनबीच भएको शान्ति वार्ता अन्तिम मितिसम्म कुनै निस्कर्षमा नपुगेपछि वार्तालाई थप तीन हप्ता लम्ब्याइएको छ ।

सुडान क्रान्तिकारी मोर्चा (एसआरएफ) का नौ विद्रोही समूहको गठबन्धन र खार्तुमका प्रतिनिधिहरूले फेब्रुअरी १५ सम्ममा वार्तालाई निष्कर्षमा पुर्याउने जिम्मेवारी दिइएको भएपनि उक्त समयसीमाभित्र वार्ता नटुङ्गिएको तर केही प्रगति भएको भन्दै वार्तालाई जारी राख्न सोमबार दुवै पक्षले एउटा सम्झौतामा हस्ताक्षर गरेको छन् ।

एसआरएफका उपसभापति यासिर अरमानले एएफपीलाई भने , “शान्ति वार्ताका लागि यो नै अन्तिम विस्तार हुने आशा गरिएको छ ।” “शान्ति सम्झौतालाई अन्तिम रूप दिन ‘महत्वपूर्ण कदमहरू’ चालिएको छ, अरमानले भने ।

दक्षिण सुडानमा गत वर्षको अक्टोबरमा शुरू भएको शान्ति वार्ताले डार्फर, ब्लू नाइल र दक्षिण कोर्डोफानमा द्वन्द्व अन्त्य गर्ने लक्ष्य राखेको छ जहाँ विद्रोहीहरूले बर्खास्त राष्ट्रपति ओमर अल बशिरको नेतृत्व कालमा पछाडि पारिएका अल्पसङ्ख्यक समूहहरूले ठूलो लडाई लडेका थिए ।

प्रधानमन्त्री अब्दाल्ला हमदोकको नेतृत्वमा सुडानको सङ्क्रमणकालीन सरकारले यी क्षेत्रहरूमा द्वन्द्वको अन्त्यलाई प्राथमिकता दिएपछि शान्ति सम्झौताका आशाहरू खडा भएका छन् ।

अहिलेसम्म दलहरू युद्धविराम, मानवीय पहुँच, भूमिसम्बन्धी मुद्दाहरू र द्वन्द्वबाट विस्थापितहरूको पुनःस्थापनाका बिषयमा सहमति भइसकेको बताइएको छ ।