खेलकुद

प्रिमियर लिग म्यान्चेष्टरले चेल्सीलाई हरायो

एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाईटेडले चेल्सीलाई हराएको छ । सोमबार राति स्टामफोर्ड ब्रिजमा युनाईटेडले घरेलु टोली चेल्सीलाई २–० गोल अन्तरले हराएको हो ।

युनाईटेडको जितमा एन्थोनी मार्टियल र ह्यारी मागुईरीले गोल गरे । आरोन वान बिसाकाको क्रसलाई सदुपयोग गर्दै मार्टियलले पहिलो हाफको अन्तिम मिनेटमा युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए ।

६६ औ मिनेटमा ब्रुनो फर्नान्डेसको कर्नरमा मागुईरेले हेडमार्फत युनाईटेडको अग्रतालाई दोब्बर बनाएका थिए । घरेलु टोली चेल्सीको दुई गोललाई मान्यता दिन रेफ्रीले अस्विकार गरे ।

बैकल्पिक खेलाडीको रुपमा कार्ट जुमाको बराबरी गोल तथा ओलिभर जिराउडले ७६ औ मिनेटमा गरेको हेडर गोललाई रेफ्रीले भारमार्फत मान्यता दिन अस्विकार गरेका थिए ।

शीर्ष चारको दौडमा महत्वपूर्ण मानिएको खेलमा युनाईटेडले चेल्सीलाई हराउँन सफल भएको छ । युनाईटेडले चौथो स्थानको चेल्सीसंगको दुरी तीन अंकमा झारेको छ । चौथो स्थानको चेल्सीको ४१ अंक छ । युनाईटेड ३८ अंक सहित सातौ स्थानमा छ ।