राजनीति

महराले भावुक हुँदै विज्ञप्तिमा भने, ‘देश र जनताका लागि आजीवन लडिरहन्छु”

काठमाडौं । बलात्कारको आरोप लागेर हिरासतमा रहेका कृष्णबहादुर महरालाई आज सफाइ दिएपछि महराले अदालतलाई धन्यवाद दिएका छन् । आज आज अदालतले सफाइ दिएसँगै महराले प्रेस विज्ञप्ति निकाल्दै आफू माथि लगाएको आरोप गलत सावित भएको भन्दै अदालतलाई धन्यवाद दिएका छन् ।

महराले आफ्नो लागि सक्रियतापूर्वक पहल र सहयोग गर्ने परिवारका सदस्य, मित्रहरु, वकालत गर्ने व्यवसायीहरु र राजनीतिक व्यक्तिहरुलाई धन्यवादसमेत दिएका छन्। उले प्रेस विज्ञप्तिमा लेखेका छन्, ” म ३० दिन प्रहरी हिरासत र र १०३ दिन दिल्लीबजार कारागारमा बसी तथा कथित आरोप खेपेको छु ।”