समाचार

पुर्वउपसभामुख तुम्बाहाङ्फेले सम्हालिन् कानूनमन्त्रीको पदभार

काठमाडौं । पुर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फेले कानून न्याय तथा संसदीय मामिलामन्त्रीको पदभार सम्हालेकी छन् । नवनियुक्त कानूनमन्त्री तुम्बाहाङ्फेले सोमबार दिउँसो शीतल निवासमा राष्ट्रपति समक्ष पद तथा गोपनीयताको सपथ लिइन् ।

तत्कालिन सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोपपछि सभामुखवाट राजीनामा दिएपछि तुम्बाहाङ्फेको पद संकटमा परेको थियो । त्यसपछि तुम्बाहाङ्फे आँफै सभामुख बन्न योग्य भएको र सभामुख बन्ने अडान लिँदै आएपनि अन्त्यमा सभामुखको लागि नेकपाले अग्नि सापकोटालाई उम्मेदवार बनाएपछि उनले उपसभामुखवाट राजीनामा दिएकी हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको नजिक रहेकी तुम्बाहाङ्फेलाई प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले मन्त्री बनाउने भन्दै फकाउँदै उपसभामुखवाट राजीनामा दिन लगाएका थिए हुन् ।