पु.समाचार

कम्युनिष्टको जित प्रतिपक्षलाई खपिसक्नु भएको छैनः रक्षामन्त्री पोखरेल

दार्चुला । नेपाल कम्युष्टि पार्टीका नेता तथा रक्षामन्त्री इश्वर पोखरेलले कम्युनिष्टले जितेको प्रतितक्ष दल नेपाली कांग्रेसलाई खपिसक्नु नभएको बताएका छन् । भारतद्वारा अतिक्रमित भुमी लिपुलेक, कालापननि र लिम्पियाधुरा अवलोकन क्रममा दार्चुला पुगेका मन्त्री पोखरेले विपक्षलाई जवाफ दिन जनताको विश्वास जित्नु बाहेक विकल्प नरहेको बताए ।

कम्युनिष्ट विरोधि र प्रतिपक्ष जो कसैले सरापेपनि देश अघि बढ्छ, उनले भने । देश विकासकालागी पार्टि भित्र एकता भन्दा अरु विकल्प नभएको बताए । पहिले जे थियो त्यो विर्सिएर पार्टि अगाडी लैजानु पर्छ उनले भने, अतितले अनुभव र शिक्षा मात्र दिने र क्षमता अनुसार जिम्मेवारी दिनुपर्ने उनको भनाई छ ।
उनले भारतले अतिक्रमण गरेको भुमीबारे भारतलाई १८१६ पछी पहिलो पटक कुटनितिक नोट पठाएको र यहि आधारमा भारत संग आखा जुधाएर कुरा गर्ने बताएका छन् ।

मन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलि नेतृत्वको सरकारmले नै वृद्धभत्ता पाँचहजार पर्याउने प्रतिबद्धता गरे । उनले भने “हामी अधिनायकवादमा विश्वास गर्दैनौं । हामी कुनै पनि किसिमको अधिनायकवादमा विश्वास गर्दैनौं ।” उनले हिजोका दिनमा के खाएर उधोग भुमी लगायत सम्पदाहरु बेचिएको भन्ने प्रश्न समेत गरे ।