समाचार

समयमा काम नगर्ने पप्पु कन्स्ट्रक्सनसहित ६ कम्पनी कालो सुचिमा

काठमाडौं । समयमा काम नगर्ने पप्पुकन्स्ट्रक्सन सहित ६ कम्पनि कालो सुचिमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले नेपाल सरकार प्रधामन्त्री तथा मन्त्रीपरिषद कार्यालय अन्तर्गतको कार्यालयले विभिन्न सर्वजनिक निकायबाट भएको सिफरीस अनुसार फागुन ४ गतेको निर्णयअनुसार ती कम्पनीलाई कालोसूचीमा राखेको हो ।

धेरै निर्माणका कामहरु समयमा समापन नगरेको, विचमै अलपत्र पारेको र गुणस्थर हिन काम गरेको उजुरी परेका कारण ति कम्पनिहरुलाई कालोे सुचिमा राखेको हो । सुचना अनुसार न्युनतम एक वर्ष देखी तिन वर्ष सम्मको लागी कालेसुचिमा परेका छन् । कालो सुचिमा परेको कम्पनि मध्य पप्पु कन्स्ट्रक्सनलाई सर्वाधिक ३ वर्षको लागी काले सुचिमा राखिएको छ । यस कम्पनिलाई सडक विभाग अन्तर्गतको काठमाडौं उपत्यका सडक विस्तार आयोजना बानेश्वरको उजुरीका आधारमा कालोसुचिमा राखिएको हो ।

यी सबै कम्पनीहरूलाई फागुन ४ गते आइतबार सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन,२०६३ को दफा ६३ को उपदफा९१० बमोजिम कालो सूचिमा राखेको हो।कालोसूचिमा परेका उनीहरूले अबदेखि तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन पाउने छैनन्।

पप्पु कन्स्ट्रक्सनसँगै कालोसूचिमा परेका अन्य ६ कम्पनीहरूमा निशा सप्लायर्स (हेटौंडा, सूर्योदय निर्माण एण्ड हाउजिङ कम्पनी प्रा.लि. (काठमाडौं), बारा कन्स्ट्रक्सन (काठमाडौं), एच.बि. केसी निर्माण सेवा(सिन्धुपाल्चोक) तथा श्रीदेव सप्लायर्स (काठमाडौं) रहेका छन्। काठमाडौंको श्रीदेव सप्लायर्सलाई प्रहरी प्रधान कार्यालयले आफ्ना दुई ठेक्काका लागि कालोसूचिमा राखेको हो।