समाचार

कानुनमन्त्री बनिन् उपसभामुख तुम्बाहाङ्फेः आजै अपरान्ह साढे ३ बजे सपथ

काठमाडौं । वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले पुर्व उपसभामुख डा शिवमाया तुम्बाहाङफेलाई कानुन न्याय तथा संसदीय मामिलामन्त्री बनाएको छ ।

यसअघि उपप्रधानमन्त्री समेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्य मन्त्रीको पदबाट राजिनामा दिएपछि कानुन मन्त्रीको जिम्मेवारी स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई दिईएको थियो ।

अब भने कानुनमन्त्री पुर्व उपसभामुख तुम्बाहाङफे बन्ने भएकी छिन् । यस अघि उपसभामुख रहेकी उनलाई नेकपाले राजिनामा गर्न लगाईएको थियो ।

बलात्कार आरोप लागेका निर्वतमान सभामुख कृष्णबहादुर महराले  पदबाट राजिनामा दिएपछी सभामुख विहिन बनेको संसदमा नयाँ सभामुख ल्याउन नेकपाले उपसभामुखलाई पदबाट राजिनामा गराएको थियो ।

सभामुख–उपसभामुख एउटै पार्टीको नहुने नियम अनुसार नेकपाले तुम्बाहाङफेलाई राजिनामा गराएको थियो ।

यस्तै तुम्बाहाङफेले आज (सोमबार) दिउसो साढे ३ बजे राष्ट्रपति भवन शीतल निवासमा सपथ गहण गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् ।