आर्थिक

भृकुटीमण्डपमा जारी ब्राण्डेड जुत्ताचप्पल मेलामा सर्वसाधारणको ओईरो

काठमाडौं । काठमाडौं राजधानीको भृकुटीमण्डप प्रवेशद्वारसँगैको चौरमा नेपालका प्रतिष्ठित जुत्ताचप्पल उत्पादकको प्रदर्शनीमा उपभोक्ताको भिड बढ्दै गएको छ ।

भृकुटीमण्डपको प्रदर्शनी हल र ठूलो चौरमा भइरहेको क्यान इन्फोटेक (मेला) मा आउने उपभोक्ता भृकुटीमण्डप प्रवेशद्वारसँगैको मेलामा अवलोकन गर्नकै लागि सर्बसाधारण प्रवेश गर्ने गरेका छन् ।

मेलामा आउने उपभोक्ता सस्तोमा जुत्ताचप्पल पाएपछि नलिइ कोही फर्केका छैनन, शिखर सुजका प्रवन्ध निर्देशक रामकृष्ण प्रसाइँले भने, मेलामा असाधारण मूल्यमा ब्राण्डेड जुत्ताचप्पल उपलब्ध छन् ।

मेलामा नेपालका चर्चित ब्राण्डहरु बिएफ डियर हिल सुज, रन सुज, शिखर सुज, ल्याडवाक र शुल्याण्डका जुत्ताचप्पल उपलब्ध छन् ।

क्यान मेलामा आउने उपभोक्तालाई लक्षित गरिएको जुत्ताचप्पल मेलामा १ सय रुपैयाँदेखिका चप्पल र ५ सय रुपैयाँदेखिका जुत्त उपलब्ध रहेको रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले बताए ।

मेलामा १५ देखि ६० प्रतिशतसम्म छुटमा जुत्ताचप्पल उपलब्ध हुने न्यौपानेले बताए ।मेलामा नेपालमा चलेका प्रतिष्ठित ब्राण्डका जुत्ताचप्पल एउटै छानामुनि छानेर किन्ने अबसर उपभोक्ताले पाएका छन् ।

मेलामा महिला र पुरुष दुवैका लागि हुने १ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल उपलब्ध छन् । मेलामा पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता, महिलाले लगाउने चप्पल, गम बुटलगायत सबै प्रकारका जुत्ताचप्पल छन् ।

मेलामा महिलापुरुष दुवैका लागि सिजनल बुटहरुसमेत राखिएका छन् ।