अन्तर्राष्ट्रिय

चीनमा कोरोना आतंकः मृत्यु हुनेको सङख्या १७ सय ६७, ७० हजार बढि संक्रमित

काठमाडौं । चीनको बुहानबाट फैलीएको कोभिड १९ (कोरोना) भाईरसले हजार बढिको ज्यान लिएको छ । कोभिड १९ को कारण ज्यान गुमाउनेको सङख्या बढिरहेको छ ।

भाईरस नियन्त्रणमा सफल भएको चीनल दाबी गरिरहँदा मृत्यु हुनेको सङख्या पनि वढिरहेको छ । आज सम्म मृत्यु हुनेको सङख्या १७ सय ६९ पुगेको छ । भने संक्रमणको सङख्या पनि वढेर ७० हजार ९ सय ८८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप एक सय जनाको मृत्यु भएसंगै चीनमा १७ सय ६५ र चीन बाहिरका चार मुलुकमा एक–एक जना गरी १७ सय ६९ जनाको ज्यान गएको बिबिसिले उल्लेख गरेको छ ।

गएको २४ घण्टामा कोभिड १९ का २ हजार ४८ बिरामी भेटिएका छन् । कोरोना सुरु भएको हुवेईमा मात्र १६९२ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । पछिल्ला दिनमा कोरोनाका कारण ज्यान गुमाउने र नयाँ संक्रमण हुने दर भने घटिरहेको चिकित्सकहरुले बताएका छन् ।

यस्तै ४० अमेरीकिमा पनि कोरोना भाईरसको संक्रमण देखीएको छ । जापानमा राखिएको डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजबाट उद्धार गरिएका ४ सय अमेरिकीमध्ये ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

कोरोनाको संक्रमण देखिएपछि उनीहरुलाई जापानमै राखेर उपचार सुरु भएको छ । बाँकी ३ सय ६० जना अमेरिकी भने स्वदेश फर्किरहेका छन । योसँगै पानीजहाजमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सँख्या ३ सय ५५ पुगेको छ ।

३ हजार ७०० यात्री तथा चालक दलका सदस्यसहित डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजलाई फेबु्रअरी ३ तारिखदेखि जापानको योकोहामा बन्दरगाहमा क्वारेन्टाइनमा राखिएको थियो ।