आर्थिक

नेपाल राष्ट्र बैंकले आज दुई अर्बको ट्रेजरी बिल बिक्रि गर्दै

काठमाडौं । १९ दिने अवधिका लागि नेपाल राष्ट्र बैंकले दुई अर्ब रुपैयाको ट्रेजरी बिल बिक्रि गर्ने भएको छ ।

केन्द्रिय बैंकले आज बोलकबोल प्रक्रिायाका माध्यमबाट यो परिमाणको ट्रेजरी बिल बिक्रि गर्न लागेको हो ।

बैंकले ९१ दिने अवधिका लागि ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ । ट्रेजरी बिल आउँदो जेठ ६ गते परिपक्व हुने छ ।

बैंकले यसअघि माघ २७ गते १० करोड रुपैयाँको बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।