समाचार

केहिबेरमा भारतद्धारा अतिक्रमीत भूमि कालापानी जाँदै रक्षामन्त्री पोख्रेल

काठमाडौं । भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी क्षेत्रमा आज उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेल जाने भएका छन् ।

उपप्रधानमन्त्री तथा रक्षामन्ज्ञी पोख्रेल सहित १० जनाको टोली उक्त स्थानमा केहिबेरमा प्रस्थान गर्दैछन् । दार्चुलामा रहेका उनी नेपाली सेनाको हेलिकप्टरमार्फत त्यहाँ जान लागेका हुन् ।

केही समय अघि भारतले नेपालका कालापानी, लिम्पीयाधुरा र लिपुलेक समावेस गरी नक्सा सार्वजनीक गरेको थियो । त्यस पस्चात नेपाली भुमि फिर्ताको माग गर्दै भारत विरुद्ध नेपालमा बिरोधहरु भैरहेका छन् ।

यस्तै उपप्रधानमन्त्री पोख्रेलले पनि नेपालको भूमि एक ईन्चपनि नछाड्ने प्रतिवद्धता व्यक्त गरेका थिए । सरकारले यसअघि नै छारुङ क्षेत्रमा सशस्त्र प्रहरीको बेसक्याम्प राख्ने निर्णय पनि गरिसकेको छ ।