समाचार

आगामी चुनाव पश्चात राप्रपालाई अग्रणीशक्ति बनाउछौं: कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका गण्डकी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम उत्साहजनक रुपमा सम्पन्न भएको छ । उक्त अभियानको सम्पन्न कार्यक्रममा बोल्दै पार्टीका अध्यक्ष कमल थापाले आगामी चुनाव पश्चात राप्रपालाई अग्रणीशक्ति बनाउने बताएका छन् ।

अध्यक्ष थापाले सनातन धर्मसंस्कृति र राष्ट्रियताको रक्षा गर्दै सबल,सम्बृद्ध नेपाल निर्माण गर्ने बताए उनले ट्वीटरमा लेखेका छन्, ” आगामी चुनाव पश्चात राप्रपालाई अग्रणीशक्ति बनाउनेछौं । सनातन धर्मसंस्कृति र राष्ट्रियताको रक्षागर्दै सबल,सम्बृद्ध नेपाल निर्माण गर्नेछौं । सुशासन,भ्रष्टाचार नियन्त्रण र रोजगारी सिर्जना हाम्रो प्राथमिकता हुनेछ ।”