स्वास्थ्य

केएमसी अस्पतालमा हेमोडायइलासिस सेवा संचालममा

काठमाडौं । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा हेमोडायइलासिस सेवा संचालममा रहेको छ । उक्त सेवा विगत ९ वर्षदेखि संचालममा छ । बिहान ७:०० बजेदेखि बेलुका ७:०० सम्म संचालनमा रहेको अस्पतालले जानकारी दिए । साथै रात्रि समयको लागि आपतकालीन सेवाको समेत व्यवस्था रहेको जानकारी दिए ।

यस अस्पतालमा दक्ष तथा अनुभवी मृगौला विशेषज्ञ चिकित्सकहरुवाट उपचार गराइने भएकाले यहाँ आई विरामीहरुले हेमोडायइलासिस सेवा पाएको अस्पतालले जानकारी दिए ।

हालै माघ १५ गतेदेखि नेपालमै पहिलो पटक Online Hemodiafiltration (Online HDF) सेवा यस अस्पतालवाट विरामीहरुलाई उपलब्ध गराईएको छ । चिकित्सकको निर्देशनमा अवस्था हेरी चाहिएको खण्डमा SLED Service को पनि व्यवस्था रहेको छ ।