राजनीति

डा कोईरालाको टिप्पणीः ओली सरकारको दुईबर्ष चरम भ्रष्टारसहित पुरै असफल

काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइराला सरकारकै कारण संघीयता धरापमा परेको बताएका छन्। डा कोइरालाले नेकपा सरकार नियन्त्रित प्रजातन्त्रको अभ्यासमा लागेकोले संघीयता लावारिस बनेको बताएका छन् ।

कम्युनिष्टहरु जनवादी केन्द्रियतामा आधारित शासन व्यवस्थामा बिस्वास गर्ने भएकाले बर्तमान नेकपा सरकार नै संघीयता बिरोधी रहेको बताए।

अन्तरिम संबिधान लेखनमा समेत सक्रिय भुमिका खेलेका डा कोइरालाले भने, “तत्कालिन समयमा संघीयता कांग्रेस, एमाले र माओवादीको ऐजेण्डा नै थिएन। मधेस आन्दोलनकै कारण संघीयता आएको हो।”

डा कोइरालाले संघीयता आफ्नो पार्टीको ऐजेन्डा थियो भनेर जनतासामु कुनै पनि पार्टीले झुटो बोल्न नहुने बताए।

नेपाल बैकल्पिक अध्ययन समाजले काठमाडौमा आयोजना गरेको “नेकपा सरकारका दुई बर्ष(संघीयता कार्यान्वयनमा उदासिनता” बिषयक कार्यक्रममा बोल्दै डा कोइरालाले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको २ बर्षे कार्यकाल पुर्णरुपमा असफल रहेको बताए। कोइरालाले बितेको २ बर्षमा महंगी र कालाबजारी बढेको, गरिब(किसान(मजदुरहरुले छाक टार्न नसक्ने अवस्था सिर्जना हुदै गएको, नीतिगत भ्रष्टाचार संस्थागत हुदै गएको, दण्डहिनता बढेको, संवैधानिक निकायहरु पुर्णरुपमा सरकारको नियन्त्रणमा रहेको बताए।

कार्यक्रममा नेकपाका नेता देव गुरुंगले संबैधानिक अड्चन रहेकाले संबिधान संशोधन नगरी संघीयता प्रभावकारी कार्यान्वयन हुन नसक्ने बताए। संघीय समाजवादी पार्टीकी सरिता गिरीले मधेसी जनता आन्दोलनको तयारीमा रहेको बताईन। पुर्वसांसद हरि रोकाले कार्यपत्र प्रस्तुत गरेका थिए।