आर्थिक

सभिल बैंकको १०९औं शाखा सुनवलमा

सुनवल । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमाविस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको सुनवलमा आफ्नो शाखा संचालनमा ल्याएको छ ।

आज एक कार्यक्रमकाबीच सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुंगाना तथा सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापाले संयुक्त रुपमा बैंकको सुनवल शाखाको समुद्घाटन गरेका हुन् ।

सोहीअवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कैलाशेश्वर शिवालय मन्दिरमा संचालित जेष्ठ नागरिक दिवा सेवाकार्यक्रमको सहयोगार्थ एक थान फ्रिज प्रदान गरेक हुन् । सो फ्रिजसिभिल बैंकका संचालक समितिका सदस्य ढुंगानाले कैलाशेश्वर शिवालय तथा १०८ शिवलिङ्ग संरक्षण संस्थाका अध्यक्ष गोपाल प्रसाद आचार्यलाई प्रदान गरियो ।