आर्थिक

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा बास्केटबल प्रतियोगिता सम्पन्न

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको सहयोग र Quest International College को आयोजनामा भएको नारायण प्रसाद स्मृती बास्केटबल प्रतियोगिता २०७६ फागुन २ गते (शुक्रबार) सम्पन्न भएको छ । खेलकुदको विकासमा सहयोग गर्दै आइरहेको बैंकको सहयोगमा भएको बास्केटलबल प्रतियोगितामा काठमाडौंका विभिन्न कलेजहरूको सहभागिता रहेको थियो ।

Quest International College प्रांगणमा सम्पन्न बास्केटबल प्रतियोगिताको महिलातर्फ प्रथम Saipal college, bf];|f]df Reliance International Academy  भएका थिए । त्यसै गरी पुरुष तर्फ CCRC College र दोस्रोमा Omega College  भएका थिए । बास्केटबल प्रतियोगिताका बिजेताहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकका संचालक लिसा शेरचनले पुरस्कार वितरण गरेकी थिइन ।

यसरी बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ९१ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको प्रेस विज्ञप्तीमा उल्लेख छं ।