साहित्य

पुष्पपराग वर्ष सम्मान पुरस्कार हुसेन खानलाई

काठमाडौं । पुष्पपराग साहित्य प्रतिष्ठानले “पुष्पपराग वर्ष सम्मान पुरस्कार २०७६ “हुसेन खानलाई प्रदान गर्ने निर्णय गरेको छ । प्रतिष्ठानले आफ्नो वार्षिकोत्सवको अवसर पारेर दिँदै आएको उक्त सम्मान तथा पुरस्कार आगामी चैत ८ गते वार्षिकदिवसका दिन प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष डा. यज्ञेश्वर निराैलाले बताए ।

प्रतिष्ठानका संस्थापक सचिव तथा पुरस्कार छनौट समितिका संयोजक डा. प्रदीप मैनाली` को संयोजकतामा बनेकोसंस्थापक कर्यकारी सदस्यहरूबाटै पाँचजनाको छनोट समिति तयार पारिएको थियो । सो छनोट् समितिमा, डा. प्रदीपमैनाली, भुवनराज शिवाकोटी ‘चौघरे’, पदम दाहल’ बिन्दु ढकाल र राजबाबु श्रेष्ठ ‘सागर’ थिए ।

सो छनोट् समितिले प्रस्ताव गरेका सर्जकहरुको नामावली कार्यसमितिको बैठकले पारित गरेपछि पुरस्कृत हुनेव्यक्तिहरू टुङ्गाे लागेको हो । संस्थासंग भएका पुरस्कार रकम र पुरस्कृत तथा सम्मान हुने व्यक्तिहरूको नामावली तलयस प्रकार रहेका छन् ।

१ ) “पुष्पपराग वर्ष सम्मान पुरस्कार २०७६”

-हुसेन खान

२) “निलगङ्गा भाषा साहित्य पुरस्कार २०७६ “

-प्रा. गोपिकृष्ण शर्मा

३) “मुना स्मृति आख्यान पुरस्कार २०७६”

-सरस्वती प्रतीक्षा

४) “पद्मावती गीत सङ्गीत पुरस्कार २०७६”

-शिशिर योगी

५) शुक्र मन्दिर स्मृति लोक साहित्य पुरस्कार २०७६”

-गणेश रसिक

६) “तिलकुमारी खड्का स्मृति पुरस्कार २०७६”

-पञ्चकुमारी परियार

७) श्रीकृष्णलाल गोपिनी शिवाकोटी स्मृति साहित्य सङ्गीत पुरस्कार २०७६”

– राम कार्की

यसका साथै संस्थामा वर्षभरि निरन्तर आएर वाचन गर्दै आएका एकजना युवा सर्जकलाई सम्मान गर्दै आएकोमा यस बर्षपनि सम्मानित हुने सर्जकमा राधा दुलाल कार्की गरेको छ।

साहित्य साधनामा निरन्तर लागि परेर नेपाली साहित्य जगतलाई फराकिलो पार्नुहुने सर्जक एक जनालाई संस्थालेमानार्थ सदस्यता प्रदान गर्दै आएकोमा यस वर्ष वरिष्ठ कवि भुवनहरि सिग्देल छनौट भएको छ ।

साथै उक्त सम्मान र पुरस्कृत कार्यक्रममा संस्थामा आवद्ध सदस्यहरू प्रा. डा. निर्मोही व्यास र ढुन्डिराज पोखरेललाईपनि पुष्पपराग जेष्ठ सदस्य सम्मान प्रदान गरिने भएको छ ।

निर्णायक समितिभित्र रहेर निष्पक्ष निर्णयगरी सम्मान गरिनूपर्ने व्यक्तित्व छान्नुहुने सम्पूर्ण छनोट समिति सदस्यहरू, निर्णायक डा. प्रदीप मैनाली, पदम दाहल, भुवनराज शिवाकोटी ‘चौघरे’, बिन्दु ढकाल र राजबाबु श्रेष्ठ ‘सागर’ ज्यूहरूमापुष्पपराग सम्पूर्ण टीम आभार व्यक्त गर्दछ ।