बाग्मती

सानेपा हत्याकाण्डः किन गरे विजयले आफ्नै मालिक्निको हत्या? घटना अझै रहस्यमय

काठमाडौं । ललितपुरको सानेपामा माघ २७ गते भएको पुर्वसचिव अजुन कार्कीकी श्रीमती मुना कार्कीको हत्या र सोही घरमा काम गर्ने कामदार विजय चौधरीको आत्माहत्या घटनामा अझै रहस्यमय बनेको छ ।

पुर्व सचिवका घरमा कामगर्न बसेका चौधरी ७ वर्षदेखी एउटै परिवारको सदस्यको रुपमा बसेर काम गर्दै आएका चौधरीले एक्कासी आफ्नै मालिक्निको हत्या किन गर्यो भन्ने प्रश्नले प्रहरीलाई रहस्यतिर ध्यान केन्द्रित गराएको छ । प्रहरीले अनुसन्धान जारी राखेपनि घटनाको एक हप्ता भइसक्दा रहस्य पत्ता लगाउन सकेको छैन् ।

कार्कीको भान्साकोठामा रगतले लतपतिएको अचेत अवस्थामा र चौधरीको नाइलनको डोरीले झुन्डिएको अवस्थमा भेटिएको सो घटनामा चौधरीले नै कार्कीको घाँटी थिचेर टाउकोमा पिर्काको प्रहारगरी हत्या गरेको प्रहरीको प्राररम्भिक अनुसन्धान र सिसिटिभि फुटेजका विश्लेषणको आधारमा प्रहरीले दावि गरेको थियो ।

दुवैको पोष्टमार्टम रिर्पोट प्रहरीको हातमा आइसकेको र कार्कीको घाँटी थिचेर र चौधरीको हुन्डिएर नै मुत्यु भएको पोष्टमार्टम रिर्पोले देखाएको छ ।
कार्कीको हत्यापछि चौधरीले आत्महत्या गरेको स्पष्ट भइसकेपनि घटना हुनुको पछाडिको कारण पहिल्याउने तर्फ प्रहरीको अनुसन्धान केन्द्रीत गरिएको छ । तर, पनि घटनाको कारण अहिलेसम्म प्रहरीले पत्ता लगाउन नसक्दा घटना रहस्यमय बनेको हो । प्रहरीका अनुसार कहि न कहिँ दाण्द भएको हनसक्ने र अनुसन्धाका लागी चौधरीलाई चिन्ने छिमेकीलाई सोधपुछ भईररहेको ललितपुरका एसएसपी टेकप्रसाद राईले बताए ।

मुना र विजयले चलाउने गरेको मोबाइल अहिले फरेन्सिक ल्याबमा परीक्षणको क्रममा पठाइएको प्रहरीले बताएको छ । त्यसैबाट हत्याको रहस्य पत्ता लगाउने प्रयासमा प्रहरी छ । अर्जुन कार्कीका गाडी चालक नुवाकोटका दीपेन्द्र डंगोल, उनको घरमा काम गर्ने महिला मीना कोइराला र घटना घटेको दिन सोमबार कार्की निवासमा गएका प्लम्बर रमेश कार्कीसँग पनि सोधपुछ भइसकेको एसएसपी राईको भनाई थियो ।

चौधरीको शव परिवारले दाङमै लगेर अन्तिम संस्कार गरिसकेको छ भने मुनाको पनि परिवारले अन्तिम दाहसंस्कार गरिसकेको छ । चौधरीले मालिक्निको हत्या गरी आफुले आत्माहत्या गरेका भए सुसाइड नोट किन लेखेर छाडेनन् भन्दै प्रहरीले यता तिर अनुसन्धान जारी गरेका छन् । प्राय आत्माहत्या अघि सुसाइड नोट लेखेको पाइएको एक प्रहरीले जनाएका छन् ।